घरेलु उद्योग महासंघको अध्यक्षमा नेपाली, महिला उद्यमीको अध्यक्षमा हमाल निर्वाचित



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट सदरमुकाम खलंगामा सम्पन्न भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटको छैटौ साधारण सभाले महासंघको अध्यक्षमा लाल बहादुर नेपाली र जिल्ला महिला उद्यमी समितिको अध्यक्षमा शारदा हमाललाई सर्वसम्वत रुपमा चयन गरेको छ ।

सात वटै पालिकाबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटको छैटौ साधारण सभामा सहभागी प्रतिनिधिले महासंघको अध्यक्षमा नेपाली र महिला उद्यमी समितिको अध्यक्षमा हमाललाई सर्वसहमत चयन गरेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा लाल बहादुर नेपाली, बरिष्ट उपाध्यक्षमा प्रेम बहादुर सिह, उपाध्यक्ष कर्ण बहादुरकसेरा, महासचिवमा देविका शाही, कोषाध्यक्षमा पवित्रा टमटा, सदस्यहरुमा तिलक बहादुर घर्ति, जय बहादुर घर्ति, भिमा नेपाली विर्ष बहादुर कार्की, राम बहादुर शाही, भक्त बहादुर नेपाली, काशिराम शर्मा, पुर्ण बहादुर शाह, नविन वर लगाएत ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।

त्यस्तै महिला उद्यमी समितिको अध्यक्षमा शारदा हमाल,उपाध्यक्ष बविता चनारा, महासचिवमा रोशना सिह, कोषध्यक्षमा सिता पुन, सदस्यहरुमा पुतली परियार,सरिता कुवँर, कल्पना परियार चयन भएको निर्वाचन मण्डलका संयोजनक बालकुमार शर्माले वताउनु भयो । महासंघको महासचिव पदमा देवीका शाहि र अक्कल ध्यारका विच मतदान भएको थियो ।

महासचिवमा देवीका शाहिले ४७ मत अक्कल बहादुर ध्यारले ४४ मत प्राप्त गर्नु भएको थियो ३ मतको फरक पार्दै देवीका शाहिले महासचिवमा बियज गर्नु भएको संयोजक शर्माले वताउनु भयो

नेपाल घरेलु तथा साना उद्योग महासंघको साधारण सभाले पुर्ण समिर महतार, सिला नेपाली सरिता सिह, जानुका मल्ल, संगिता सुनार, लिला सुनार र हिरा पुनलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ ।

साधारण सभामा सांगठनिक प्रतिवेदन निवर्तमान अध्यक्ष उभिलाल घर्तिले प्रस्तुत गर्नु भएको थियो । केहि साथीहरुको उद्योगले यहाँ सम्म ल्याई पुरयाउने उद्योगीहरुलाई धन्यवाद दिनु भएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कर्णाली प्रदेश सदस्य कमन बहादुर खडकाले उद्योगको सम्भावना भएको जाजरकोटलाई राज्यले ध्यान दिन नसकेको वताउदै उद्योगले मानिसको जिवन रुपान्तरण गर्ने, स्वतन्त्र पेशा भएकोले सरकारले औधोगिक क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्न आग्रह गर्नु भयो ।

१८ महिने उद्यम विकास सहजकर्ताको पढाईले उद्योगमा सहयोग नगर्ने भएकोले विद्यालयमा उद्योग विकास सम्वन्धि कक्षा संचालन गर्न आग्रह गर्नु भयो । उद्योगी व्यवसायीहरुलाई आफनै स्व पुजीले संचालन गरेका उद्योगलाई विस्तार र विकास गर्न आग्रह गर्नु भयो ।

नेपाली काग्रेसका नेता बेदराज सिहले नागरिकहरुको स्वतन्त्र पेशाका रुपमा रहेको उद्योग व्यवसायलाई तिन वटै सरकारले चासो नदिएको वताउनु भयो । धेरै लगानी गरेका उद्योगीहरुलाई कनिका जस्तै वजेट विनियोजन गरेकोले देशलाई रुपान्तरण गर्ने व्यवसाय भएकोले अन्य क्षेत्र भन्दा उद्योगमा लगानी गर्न आग्रह गर्नु भयो ।

नेपाल घरेलु तथा साना उद्योग विकास कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बुढा क्षेत्रीले राज्यका निकायसग समन्वयकारी भुमीका निर्वाह गर्न, व्यवसायीहरुका माग सरकारलाई सम्वोधन गर्न लगाउन महासंघ स्थापना भएको वताउनु भयो ।

व्यवसायमा लगानी, प्रविधि, वजारको आवश्यक हुने भएकोले स्वपुजीमा संचालन गरेका व्यवसायलाई निरन्तता दिन आग्रह गर्नु भयो । उद्योग अर्थतन्त्रको बलियो आधार भएकोले सरकारको सहयोगमा सात वटै प्रदेशमा औधोगिक ग्राम स्थापना गर्ने वताउनु भयो । साधारण सभाको सफलताको शुभकामना दिनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटले हाल सम्म गरेका कामको समिक्षा गर्दै आगामी वर्षको कार्ययोजना पेश गरेको थियो । सातवटै पालिकाहरुका महासंघको शाखा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्