सांखु प्रहरीको कामले स्थानीय खुसी



न्युज अफ नेपाल, काठमाडौँ ।

आधा घन्टामै दुर्घटना गराउने चालक र ट्रीपर पत्ता लगाउने सांखु प्रहरीलाई स्थानीयले स्यावासी दिएका छन ।

शंखरापुर नगरपालिका ७ स्थित धुल्लाटोलमा राती करिब १० बजे एउटा टिपरले शंकरापुर नगरपालिका–६ बस्ने प्रबिण श्रेष्ठ लाई ठक्कर दिएकोमा उपचारको लागि सुस्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममै मृत्यु भएको थियो ।

उक्त दुर्घटना भएको खबर पाएपछि सांखु प्रहरी प्रभागका प्रहरी निरीक्षक गोविन्द पन्थी सहितको टोली घटनास्थल पुग्दा घाइते प्रबिण भुइमा छटपटाइ रहेको अवस्थामा उद्धार गरेका थिए ।

प्रहरी टोलीले घाइतेको उपचार को साथसाथै उम्केर जानसक्ने कात्तिके र जर्सिङ्पौवा नाका बन्द गराइ सर्च गरी गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिनुभयो ।

प्रहरी टोलीले ३ वटा टिपर नियन्त्रणमा लिएर छानवीन गरेपछि प्रविणलाई हान्ने टिपर पत्ता लागेको उहांले जानकारी दिनुभयो ।
घाइते भएका प्रबिण श्रेष्ठ को अस्पतालमा मृत्यु भएपछि निरीक्षक पन्थीले नियन्त्रणमा लिएका सवारी साधनलाई सोधपुछ गर्दा प्रविणलाई ठक्कर दिने सवारी साधन नियन्त्रणमा लिन सफल भएको उहांले बताउनुभयो ।

ना १ क ४५६४ नम्बर को टिपरलाई नियन्त्रण लिएपछि चालक सोम तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको ।
चालक र टिपर लाई प्रभाग साखुले आबस्यक कानुनी कारबाही को लागि महानगरिय प्रहरी बृत्त बौद्द पठाएको छ। उक्त घटना घटेपश्चात आफ्नो मान्छे नबाचेपनि निरीक्षक गोविन्द पन्थीले निर्बाह गरेको भुमिका प्रती मृतकका आफन्त र स्थानीयले समेत मुक्तकन्ठले प्रसम्सा गरेका छ्न।

 

 

प्रतिक्रिया दिनुहोस्