च्यासलको गोल वर्षा



हेटौंडा, (नेस)
जारी तेस्रो बाग्मती गोल्डकपको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन च्यासल युथ क्लबले आयोजक बाग्मती गाउँपालिकाविरुद्ध गोलको वर्षा गरेको छ।

मकवानपुरको बाग्मती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा भएको खेलमा च्यासलले ८–० को फराकिलो जित निकालेको हो।

टोलीका लागि विदेशी खेलाडी कनिज अजेगोके भुजारी र सुनील बलले ह्याट्रिक गरेका थिए। बलले म्यान अफ द म्याच घोषित हुँदै ५ हजार नगद हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्