एकदिने युवा नेतृत्व विकास तालिम सम्पन्न



सरस्वती न्यौपाने, रसुवा।

डीआईपीडी डेनिस इन्स्टिच्युसन फर पार्टिज एन्ड डेमोक्रेसीको सहयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रसुवाले युवा नेतृत्व विकास तालिम दिएको छ ।
जिल्लाको कालिका गाउँपालिकाको कालिकास्थानमा एकदिने युवा नेतृत्व विकास तालिम भएको हो ।

कार्यक्रममा लैंगिक समानता नेतृत्व विकास कला तथा भाषण जस्ता युवामैत्री कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेकपाका बागमती प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रिय सदस्य सुरेन्द्र मानन्धर रसुवाका इन्चार्ज विमला सुवेदी नेकपा रसुवाका सचिव इन्द्र गौतमलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा कालिका गाउँपालिका इन्चार्ज अर्जुन देवकोटा पार्टी स्कुल विभाग प्रमुख उद्धव रिजाल कालिका गापा अध्यक्ष सीतादेवी अधिकारी उपाध्यक्ष भवानी न्यौपाने नौकुण्ड गापा उपाध्यक्ष सिर्जना लामालगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

करिब ६ महिनादेखि सत्तारूढ नेकपा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस राष्ट्रिय जनता पार्टीको तर्फबाट ७–७ जना गरी २८ जना युवाले कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त तालिममा करिब २० देखि ३० वर्ष उमेर समूहका एक सय युवाको सहभागिता थियो ।

राजनीतिप्रति युवा पुस्ताको अग्राधिकारसहित नयाँ पिडीलाई जनपक्षीय हितमा प्रोत्साहन गराउनु कार्यक्रमको उद्देश्य रहेको बताउँदै कार्यक्रमका व्यवस्थापक तथा विद्यार्थी नेता अर्जुन न्यौपानेले भन्नुभयो– ‘युवा पुस्ता राजनीतिप्रति नकरात्मक बन्दै गइरहेको अवस्थामा उनीहरुलाई जागरुक बनाउन यो कार्यक्रम गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्