गल्ली ब्वाइलाई १३ फिल्म फेयर अवार्ड



बलिउडको प्रतिष्ठित फिल्म अवार्डका रूपमा लिइने फिल्म फेयर अवार्डको ६५औं संस्करणमा फिल्म गल्ली ब्वाइले इतिहास रचेको छ।
भारतको गुहावटीमा आयोजित अवार्डमा समारोहमा फिल्म गल्ली ब्वाइले प्रमुख विधाका अवार्डहरू सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्रीसहित १३ विधामा अवार्ड जितेर इतिहास बनाएको हो।

यो फिल्मबाट जोया अख्तरले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने रणवीर सिंहले सर्वोत्कृष्ट नायक तथा आलिया भट्ट सर्वोत्कृष्ट अभिनेत्री सावित भइन्। यही फिल्मबाट सिद्धार्थ चतुर्वेदी र अम्रुता सुभाषलले सह–अभिनेता तथा सह–अभिनेत्रीको अवार्ड उचाले भने रीमा कग्ती र जोया अख्तार पटकथा र विजय मौर्या संवादको अवार्ड चुमे। यसका साथै गल्ली ब्वाइले सर्वोत्कृष्ट म्युजिक एल्बम, गीत, छायांकन, पाश्र्व संगीत र प्रोडक्सन डिजाइन विधाको आवर्ड हात पा¥यो।

क्रिटिक्सतर्फको अवार्ड फिल्म आर्टिकल १५ ले जित्दा यही फिल्मबाट आयुष्मान खुरानाले अभिनेता र ओरिजिनल कथाको आवर्ड जिते। क्रिटिक्सतर्फको अवार्ड जितेको अर्को फिल्म सोनचिरियाले ड्रेस डिजाइनको अवार्ड पनि आफ्नो बनायो। अभिनेत्रीको अवार्ड भने तापसी पन्नु र भूमि पेडेकरले साड कि आँखबाट जिते।

रमेश सिप्पीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको समारोहमा गोविन्दालाई एक्सिलेन्स अन सिनेमा अवार्डबाट सम्मानित गरिएको थियो। समारोहमा नवनिर्देशकको अवार्ड उरीबाट आदित्य धारले जिते भने सम्पादन र साउन्ड डिजाइनको अवार्ड पनि यही फिल्मले जित्यो।

नवअभिनेताको अवार्ड मर्दको दर्द नही होताबाट अभिमन्यु दस्सानीले जित्दा नवअभिनेत्रीको अवार्ड स्टुडेन्ट अफ दि इयर २ बाट अनन्या पाण्डेले जितिन्। पाश्र्व गायकको अवार्ड फिल्म कलंकमा समावेश कंलक नही बोलको गीतबाट अर्जित सिंहले जिते भने पाश्र्व गायिकाको अवार्ड वारमा समावेश घुगरु बोलको गीतबाट शिल्पा रावले चुमिन्। यही फिल्मले द्वन्द्व तथा भीएफएक्सको अवार्डसमेत हात पा¥यो।

प्रतिक्रिया दिनुहोस्