नेपाली युवा नमस्ते गर्दै अमेरिकन आइडलमा



विश्व प्रसिद्ध टेलिभिजन रियालिटी शो अमेरिकन आइडलमा पहिलोपटक नेपाली युवा छनोट भएका छन्।
काठमाडौंका २० वर्षीय दिवस पोखरेल आइतबार एबीसीबाट प्रसारण भएको उक्त चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट छनोट भएका हुन्।

उच्च शिक्षाका निम्ति पाँच वर्षअघि अमेरिका पुगेका दिवसले आफ्नो सांगीतिक नाम आर्थर गन भएको बताउँदै अडिसनमा बब दिलनको गर्ल फ्रम द नर्थ कन्ट्री गाएर सुनाएका थिए भने गितार बजाएर सम टोल्ड मि लङ अगो पनि गाएर सुनाएका थिए।

दुई हात जोडेर नमस्ते गर्दै स्टेजमा पुगेका उनलाई निर्णायकहरूले पनि हात जोडेरै नमस्ते फर्काएका थिए। प्रस्तुतिपछि निर्णायकहरूले उनको प्रशंसा गर्दै उनी अमेरिकन आइडलको एउटा आसलाग्दो प्रतियोगी भएको बताएका थिए।

उनले नेपाल निकै सुन्दर र शान्त देश रहेको भन्दै चिनाएका थिए। दिवसको परिचयात्मक श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो, जसमा हिमाल, बौद्ध स्तुपाजस्ता नेपालका केही सुन्दर दृश्य पनि समावेश थिए।

 

प्रतिक्रिया दिनुहोस्