अमृत र ईबीए विजयी



काठमाडौं, (नेस)

अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (ईबीए) ‘बी’ ले दोस्रो ईबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स े‘थ्री बाई थ्री’ मा सोमबार जित हात पारेका छन्। अमृतले एनआईसीलाई १७–१४ तथा ईबीएले एनआईसीलाई १९–१५ ले हराए।

जुनियर ब्वाइजमा मातृभूमिले दोहोरो जित निकाल्ने क्रममा नव ज्ञानभूमिलाई २९–२५ र भक्तिलाई २२–१९ ले पन्छायो। नेपाल मोडेलले फ्युजन एकेडेमीलाई २३–१७ तथा स्किम्सलाई २६–२० ले हराउँदै दोहोरो जित हात पा¥यो।

 

प्रतिक्रिया दिनुहोस्