बाग्मती प्रदेशमा उमा कुङफु



काठमाडौं, (नेस)

नेपाल उमा कुङफु संघले शिवप्रसाद अधिकारीको अध्यक्षतामा बाग्मती प्रदेश उमा कुङफु संघ गठन गरेको छ। संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय उमा कुङफु महासंघअन्तर्गत नेपालका महासचिव सन्जितकुमार राईलगायतका पदाधिकारीहरूको उपस्थितिमा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय बाग्मती प्रदेश संघ गठन गरेको हो।

नवगठित संघको उपाध्यक्षत्रयमा हरिकुमार घले, जनककुमार कार्की र सुजन कक्षपति, महासचिवमा बसन्ती महर्जन, सचिवमा अनिल रिजाल र कोषाध्यक्षमा राजकिशोर श्रेष्ठ रहेका छन्। गोपाल थापा, आइतराम तामाङ, सानुराज महर्जन र इन्द्र श्रेष्ठ सदस्यमा चयन भए। त्यस्तै, पूर्वराज्यमन्त्री पर्शुराम तामाङलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्