बेलायती सांसद अब्राहमलाई भारत प्रवेशमा रोक



नयाँदिल्ली, (एजेन्सी)

भारतले बेलायतको लेबर पार्टीकी एक महिला सांसदलाई उनको भिसा रद्द गरिएको बताउँदै दिल्ली विमानस्थलमा रोकेको छ।
सांसद डेबी अब्राहम्स काश्मिरबाट अनुच्छेद

३७० हटाइएको भारत सरकारको फैसलाको आलोचक हुन्। डेबी अब्राहम्स काश्मिर मामिलामा बेलायती संसदीय समितिकी अध्यक्ष पनि हुन्। दिल्ली विमानस्थलमा अधिकारीहरुले उनको ई–भिसा किन रद्द भयो, कारण पनि आफूलाई जानकारी नगराएको उनले बताइन्।

काश्मिरको मामिलामा संविधानको अनुच्छेद ३७० हटाउने मोदी सरकारको फैसलामा भारत पनि राजनीतिक विवादको विषय बनिनैरहेकोमा विश्वका कयौंं देशले पनि त्यसमा विरोध जनाएका छन्। विशेष गरी उदारवादी सांसद र राजनेताहरुले भारतको यो निर्णयको विरोध गरिरहेका छन्।

डेबी अब्राहम निजी भ्रमणका क्रममा भारत आएकी थिइन्। सोमबार इमिरेट्स फ्लाइटबाट दिल्ली विमानस्थलमा अवतरण गरेकी अब्राहमलाई उनको भिसा रद्द गरिएको जानकारी गराएका थिए। यस घटनालाई लिए प्रतिक्रिया दिँदै उनले भनिन्– ‘म यो भन्न चाहन्छु कि मलाई एक अपराधीलाई जस्तो व्यवहार गरियो र मलाई मेरो परिवार र साथीहरुसँग भेट्न दिनेछ भन्ने अपेक्षा गरेकी छु।’

उनले आफ्नो बयानमा भनिन्– ‘एक अधिकारीले मेरो पासपोर्ट लियो र उनी करिब १० मिनेटसम्म गायब भए। जब उनी आए, त्यसपछि उनले अत्यन्तै अभद्रतापूर्वक कुरा गरिरहे र ममाथि चिच्याउँदै आफूसँग जान भने।’

बेलायती सांसदलाई डिपोर्ट सेलमा बसाइयो। धेरै अधिकारीले आफूलाई घेर्न आएको र आपूmले भिसा रद्द हुनुको कारण उनीहरुबाट जान्न चाहेको उनले बताइन्। आफूलाई ‘अन एराइवल‘ भिसा उपलब्ध हुन सक्छ वा सक्दैन भन्ने प्रश्नको जवाफ पनि उनीहरु कसैसँग नभएको अब्राहमले बताइन्।

गत वर्ष डेबी अब्रहमले तात्कालिन बेलायती विदेश मन्त्रीलाई चिठी लेखर भारतले काश्मिरको अनुच्छेद ३७० हटाउनुले बेलायती संसदीय दल अत्यन्त चिन्ति रहेको उल्लेख गर्दै भारत सरकारको उक्त फैसलाले जम्मु काश्मिरका नागरिकसँग विश्वासघात गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्