जनचेतनाको अभावले नेपालीमा पनि  कोरोना भाइरस (कोभिड १९) को त्रास 



भगवती तिमिल्सिना
कोरोना भाईरस फैलिएको क्षेत्र आसपास चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध बेइजिङस्थित नेपाली दूतावासले गरेको थियो।
नमा कोरोना भाईरस (कोभिड १९) को महामारी फैलिएपछि नेपाल सरकारले चीन सरकारसँग चार्टर उडानको अनुमती लिई कोरोना फैलिएको आसपासमा अध्ययनरत बिद्यार्थीहरूलाई शनिवार दिउसो नेपाली समय अनुसार दिउसो ३ बजेर ५० मिनेट जाँदा नेपाल एरलाइन्स्को जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको थियो।
नेपाल एयरलाईन्सको जहाज चीनमा रहेका नेपालीको उद्धारका लागि पहिलोपटक चार्टर गरिएको थियो। चीनमा पुगेर उडानको प्राविधिक नियम पुरा गरि तत्काल शनिवार रातीनै चीनबाट फर्किएको जहाज आईतबार बिहानको ४ बजे नेपाल आईपुगेको थियो।
कोरोना भाइरस (कोभिड १९) को प्रकोप फैलिएको चीनको हुवेई प्रान्तमा रही नेपाल फर्काउन नेपाल सरकार समक्ष निबेदन दिएका १ सय ८५ जना नेपालीलाई उद्धार गर्न सरकारले नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान पठाएको थियो। तर ६ जनालाई नेपाल आउने तयारी गरिरहेको समयमा परिक्षण गर्दा ज्वरो आएको र अन्य ४ जनाले तत्काल नेपाल नजाने निर्णय लिएका कारण १ सय ७५ जनालाई मात्र लिएर जहाज फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाईरस फैलिएको क्षेत्र आसपास चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध बेइजिङस्थित नेपाली दूतावासले गरेको थियो।
उक्त टोलीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा पाँचवटा हेल्थ डेस्क स्थापना गरिएको थियो। हेल्थ डेस्कमा खछिएका स्वास्थ्यकर्मीका अनुसार चीनबाट नेपाल ल्याईएका सबै नेपाली बिद्यार्थीहरू स्वस्थ थिए तर अन्तर्राष्ट्रिय नियम अनुसार १४ दिन क्वारेन्टाइन्मा राख्नैपर्ने भएकाले प्रारम्भिक परीक्षण गरेपछि खरीपाटी पठाईएको हो।
ती सबै बिद्यार्थी स्वस्थ छन र उनीहरूको साथमा २४ सैं घण्टा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली रहने र समस्या देखिएमा तुरुन्त सुरक्षा अपनाएर स्वास्थ्य संस्था लगिने हुनाले स्थानिय बासिन्दा त्रसित नबन्न पनि सरकारले आग्रह गरेको छ। सरकारले स्वास्थ्य समस्याको संकेत देखिएमा त्यस्ता व्यक्तिलाई टेकु अस्पताल, पाटन र शसस्त्र प्रहरी असपतालमा लैजाने व्यवस्था समेत मिलाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनबाट ल्याइने नागरिकलाई खरीपाटीस्थित क्वारेन्टाइनसम्म लैजान पाँचवटा बस र पाँचवटा एम्बुलेन्स प्रयोग गरिएको थियो। चीन गएका स्वास्थ्यकर्मीहरू खरीपाटीमा पनि उनीहरूको हेरचाहमा खटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी, पाइलट लगायतको टोलीलाई तालिम बिद्यार्थीहरूको उद्धारका लागि पठाएको थियो।
महिलाहरूका लागि एउटा पुरुषहरूका लागि दुईवटा भवनको व्यवस्थापन गरिएको छ। साथै चिकित्सकको टोली फरक भवनमा बस्ने व्यवस्था गरिएको छ। त्यसैगरी विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा अन्तराष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन एरिया अनुसार बस्ने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चारवटा भवनमा १ सय ९९ वटा बेड सहित आवश्यकता अनुसार सम्पूर्ण सामग्री, स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। यो अवधिमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई परिवारका सदस्य लगायत अन्य व्यक्तिहरूले पनि भेटघाट नगरि सरकारलाई सघाउन समेत आग्रह गरेको छ। सरकारले सम्पूर्ण सुविधा सहित आवश्यक स्वास्थ्य परिक्षण, मनोपरामर्श, खानपान, सरसफाईका लागि आवश्यक व्यवस्था गरेकाले चिन्ता नगर्न पनि अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म चीनबाट फकाईएको बिद्यार्थीहरूबाहेक २४ जनामा गरिएको परिक्षणमा एक जनामा मात्र कोरोना भाईरस प्रमाणित भएको र प्रमाणित भएका व्यक्ति पनि स्वस्थ भएर आफ्नो काममा फर्किसकेका छन्। बिद्यार्थीहरूको र्याल, खकार र रगतको परिक्षणा रिपोर्ट भने बुधबार मात्र आउँछ।
सिन्धुपाल्चोकका बिरामीमा सिजनर फ्लु मात्र भएको पुष्टि
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बा गाउँमा माघ २३ गतेबाट कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ३ सय बिरामी देखिएको भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेपछि स्वास्थ्य मन्त्रालयले तुरुन्तै नमुना परीक्षण गरेको थियो। ९ जनामा गरिएको नमुना परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको र उनीहरूलाई मौसमी रुघाखोकी (सीजनर फ्लु) भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिरामीहरूको उपचारपछि अहिले निको हुँदैछन्।
 यता भक्तपुरका बासिन्दाले भने सरकारले पहिला नै जनचेतना मूलक कार्यक्रम नगरका कारण क्वारेन्टाइनका लागि तय गरिएको स्थानवरपर त्रास फैलिएको भन्दै आक्रोस व्यक्त गरेका छन्। सरकारले स्थानिय वासिन्दालाई बिरामी राखेको होइन सामान्य व्यक्तिलाई राखिएकोले नआत्तिन आग्रह गर्दै स्थानियको निःशुल्क स्वास्थ परिक्षणका लागि शिविरको समेत तयारी गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाबाट कसरी सरक्षा अपनाउने ?
  • भीडभाडमा जाँदा माक्स लगाउने।
  • हात नमिलाउने।
  •  हात मिलाउने बित्तिकै सफासँग साबुन पानीले हात धुने।
  •  नियमित सरसफाई गर्ने। 
  • संक्रमित व्यक्तिलाई विश्व स्वास्थ्य संगठनको मापदण्डमा राखेर उपचार गर्ने। 
  •  एक व्यक्ति र अर्को व्यक्तिका बीचको दुरी एक मिटर फरक पार्ने। 
कोरोनाभाइरसः पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा सङ्क्रमण
जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्।
उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत स्वदेश फर्किरहेका छन्। तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।
असुरक्षित
झन्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको छ। उक्त पानीजहाजबाट हङ्कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो। चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो।
जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ।एक अमेरिकी यात्रीले क्वारन्टीनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन्।
सङ्क्रमित ४० जना अमेरिकी नागरिकको जापानमै उपचार गरिने संयुक्त राज्य अमेरिकाको न्यास्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजका निर्देशक डा. एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए।“यदि उडानमै रहेका बेला सङ्क्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिनेछ,“ उनले थपे।
उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारन्टीनमा राखिनेछ। “त्यसो गर्नुको कारण क्रूज पानीजहाजमा उनीहरू बसेको भनेको सङ्क्रमण फैलिने ठाउँमा भए सरह नै हो“, फाउसीले भने। अन्य उडानमार्फत इजरेल, हङ्कङ र क्यानडाका नागरिकहरूको उद्धार गरिनेछ।
कडाइ
यसैबीच नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाहिँ निस्किन दिइनेछ।
त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ। ‘हाउजिङ्‘हरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ।औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेकका सबै कारोबार बन्द रहनेछन्।
अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ।अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ। चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई सङ्क्रमण भएको छ। फ्रान्स, हङ्कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ।
क्वारेन्टाईन भनेको के हो ? 
स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।
क्वारेन्टाईन केन्द्र, खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरू
  •  भक्तपुर, खरीपाटीमा क्वारेन्टाईन केन्द्रको ब्यवस्था गरिएको छ।
  •  क्वारेन्टाईनमा लगभग ६० कोठाहरूमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ। 
  • क्वारेन्टाईनमा रहदा तपाईको सुबिधाको लागि खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, क्ष्लाभअतष्यल एचभखभलतष्यल बलम ऋयलतचय िको सबै ब्यवस्थापन गरिएकोछ । 
  •  स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन। 
  • विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।  
  • व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मो्मिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँच गरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मा्मिटर उपलब्ध छन।  
  • हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्ड स्यानीटाइजर आदि उपलब्ध छन।  
  • अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मो्मिटर, स्व–जाँच गर्ने थर्मो्मिटर, व्यक्तिगत सुरक्षा कवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुरा आवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बर आदिको उचित व्यवस्था गरिएकोछ। आवश्यकता अनुसार प्रयोग गर्नुहोस। 
  • आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्श दिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस। 
  • आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रूपमा उपलब्ध गराईनेछन।
  •  तपाईले नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ
  • तपाईहरू सबैको प्रारम्भीक त्जचयबत क्धबद जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।  
  • क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।
  •  क्वारेन्टाईनमा रहदा तपाईहरूले अभिभावकहरूसँग प्रत्यक्षरूपमा भेटघाट गर्न पाउनुहुने छैन। 
  •  क्वारेनमा रहेकाहरूले त्यहाँ दिईएको हरेक नियमहरूको पूर्णरूपमा पालना गर्नुपर्नेछ।

तस्वीर सौजन्य : बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्