प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार



नेपाल समाचारपत्र, काठमाडौं।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलि फागुन ७ गते राष्टिझय प्रजातन्त्र दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ।

स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकासमेत उल्लेख गरी पत्राचार गरिएको हो। प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकद्वारा पारित कार्यविधिलाई आधार बनाई पत्राचार गरिएको उक्त मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिनुभयो।

उक्त पत्राचारमा उपत्यकाभित्रका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्टिझय झन्डा फहराउन, विभिन्न स्थानमा ब्यानर प्रदर्शन र सरसफाइ गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।

उपत्यकाबाहिरका स्थानीय तहमा सो दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला सदरमुकाममा जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालय प्रमुखको उपस्थितिमा सरसफाइ, प्रभातफेरी र साहित्यिक कार्यक्रम गर्न भनिएको छ।

उक्त बैठकले प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश राजधानीका केन्द्रमा विभिन्न कार्यक्रम र विदेशस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासमा सोमबार साँझदेखि दीपावली गर्न निर्देशन दिने निर्णय गरेको छ।

प्रजातन्त्र दिवसको दिन सैनिक मञ्च टँुडिखेलमा हुने कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मध्यपुर र कीर्तिपुरबाट विशेष सांस्कृतिक प्रदर्शनी गरिनेछ।

यस्तै फागुन ७ गते नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुक बढाइँ गर्ने, परेवा उडाउने, हवाईजहाजबाट पुष्पवृष्टि गर्ने, टँुडिखेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटद्वारा मार्चपास र ब्यान्ड प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्