५ लाख बराबरको सामान भन्सार बुझाइयो



न्युज अफ नेपाल,भद्रपुर।

ईलाका प्रहरी कार्यालय काँकभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ४ लाख ९२ हजार ६ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं. ६ स्थित विभिन्न ठाउँबाट भन्सार छली अवैध रुपमा भारतबाट नेपाल तथा नेपाल बाट भारत तर्फ जाँदै गरेको सुपारी, मोटर, लत्ता कपडा लगायतका सामान बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्