चाँदी र तामाका विभिन्न सामाग्रीसहित दुई जना पक्राउ



न्युज अफ नेपाल,भद्रपुर। 

चाँदी र तामाका विभिन्न सामाग्रीसहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजादै गर्दा आइतबार दिउँसो १४ किलो चाँदी र २१ किलो तामा बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित नेपाल भारत आवत जावत गर्ने बाटो हुदै नेपालबाट भारत तर्फ जादै गरेका काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने वर्ष ३४ को अजित नगरकोटी र सोही पालिका १ का ३८ वर्षिय श्याम सुनुवार रहेको इलाका डिएसपी राजेन्द्र पोखरेलले बताउँनुभयो ।

उनीहरुले बोकेको झोला चेकजाँच गर्दा चाँदिका कुङ्गा ५ थान, तिङ्ग ठुलो ६२ थान, स्टेनवाला तिङ्ग २६ थान, सानो तिङ्ग २१ थान, सेरगेम ४ थान र फेकुम ४ थान गरी जम्मा १४ किलो बरामद गरी सुनचाँदी व्यवसायी सङ्घमा तौल र शुद्धता खुलाउन पठाउँदा उक्त सामानमा ८५ प्रतिशत शुद्धता रहेको सो अनुसार ११ किलो ९०० ग्राम हुन आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी तामाको विभिन्न प्रकारको सामान २१ किलो बरामद गरी मानिस, चाँदी र तामाका सामानहरुसहित आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाइएको डिएसपी पोखरेलको भनाइ छ । प्रहरीले बुझाएको सामानको प्रचलित बजार भाउ ९लाख९८ हजार २ सय नौ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्