कागजपत्र बिनाको शंकास्पद भारतीय कार बरामद



न्युज अफ नेपाल,काठमाडौँ ।

सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट सशस्त्र प्रहरीको टोलीले कागजपत्र बिनाको एउटा भारतीय नम्बर प्लेटको कार बरामद गरेको छ।

बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागेर जाँच गर्ने क्रममा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको टोलीले बरामद गरेको हो। टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ। बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्