ट्र्याक्टरबाट खसेर पाँचथरमा एक जनाको मृत्यु



न्युज अफ नेपाल,पाँचथर ।

कुम्मायक गाउँपालिका वडा नं३ मा ट्र्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।सदरमुकामबाट कुम्मायक जाँदै गरेको लु १ त ४९६९ नम्बरको ट्र्याक्टरबाट खस्दा स्थानीय ५३ वर्षीय आशबहादुर लिम्बुको मृत्यु भएको हो ।

ट्र्याक्टरबाट गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजाँदै क्रममा बाटोमै मृत्यु भएको हो।ट्र्याक्टरका चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्