सफाई पाएपछि महराले भने – स्वाधीनताको रक्षा मेरो पहिलो प्राथमिकता



न्युज अफ नेपाल, काठमाडौँ ।

संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुव्र्यवहारको आरोप लागेपछि पुर्पक्षका लागि कारागारमा रहेका पुर्वसभामुख कृष्ण बहादुर महराले आज आफू जेल बाट सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्।

एक विज्ञप्ति मार्फत् महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको भन्दै खुशी व्यक्त गरेका छन्।विज्ञप्तीमार्फत् उनले मुलुकको स्वाधीनताको रक्षा आफ्नो प्राथमिकतामा रहने बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।

नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’एमसीसी प्रकरणले सत्तारुढ नेकपाका नेताहरु नै बिभाजित देखिएका बेला महराले यो अभिव्यक्ति राष्ट्रियतासँग जोड्न छन् ।

प्रतिक्रिया दिनुहोस्