किशोरीमाथि सामूहिक बलात्कार गर्ने तीन पक्राउ



न्युज अफ नेपाल,काठमाडौ ।

रुपन्देहीको मर्चवारमा आइतबार राति ११ बजे एक किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । सम्मरीमाई गाउँपालिका–३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरमा रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारले जानकारी दिएको छ । घटनामा संलग्न तीनै जना र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको बताईएमो छ ।

प्रतिक्रिया दिनुहोस्