फागुन १५ गते सार्वजनिक बिदा



अमृत अर्याल, स्याङजा । 

स्याङ्जाको गल्याङ नगरपालिकामा फागुन १५ गते विहिबार सार्वजनिक विदा हुने भएको छ ।

नगर कार्यपालिकाको बैठकले मगर दिवशको अवसरमा फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । आदीबासी जनजातिहरु मध्ये सबैभन्दा धेरै जनसंख्या मगर समुदायको रहेको भन्दै नेपाल मगर संघ गल्याङ नगर समितिले सार्वजनिक विदा दिन माग गरेको थियो ।

मगर संघका अध्यक्ष कुमार राना मगरले बुझाएको माग पत्रमा नेपाल मगर संघको ३८ औं स्थापना दिवशको अवसरमा विदा दिन माग गरिएको थियो । संघको माग र स्थानीय समुदायको चाहनालाई दृष्टिगत गर्दै सार्बजनिक विदा दिने निर्णय भएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्