एकाबिहानै हङ्‍कङमा १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटियो



ऐजेन्सी । हङ्‍कङमा एकाबिहानै १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटिएको छ ।

हतियारसहित आएको एक समूहले सोमबार बिहान ६ बजे मोङ्‌कक क्षेत्रको एउटा सुपरमार्केट अगाडिबाट उक्त परिणामको ट्वाइलेट पेपर लुटेको हो ।

विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिएपछि मानिसहरुले ट्वाइलेट पेपर किनेर घरमा लुकाएपछि पछिल्लो समय हङ्‍कङमा ट्वाइलेट पेपरको चरम अभाव भएको छ । ट्वाइलेट पेपर डेलिभरी गर्न आएका एक व्यक्तिलाई चक्कु देखाएर लुटिएको हो ।

ट्वाइलेट पेपर चोरीमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लुटिएका ट्वाइलेट पेपर समेत फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्