पूर्वसभामुख महराले पाए सफाइ



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा सफाइ पाएका छन् ।संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले निर्दाेष ठहर गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने बताउदै महरालाई निर्दाेष ठहर गरेको हो । यसअघि, जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।बलात्कार आरोप लागेका महराले १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्