‘अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पूर्वाधारको विकास जरुरी’



यमलाल भुसाल, बुटवल । 

सोमबार देखि बुटवलमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पुर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले एक समारोहका बीच शुभारम्भ गर्नु भयो । साे अवसरमा पुर्वमन्त्री विश्वकर्माले बुटवलमा अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्नु पर्ने धारणा राख्नु भयो ।

उहाँले खेलकुदको विकासका लागि पुर्वाधार पहिलो प्राथमिकता भएकाले सोही अनुसार विकास गर्न स्थानिय सरकारलाई आह्वान समेत गर्नु भयो ।

लन टेनिस संघकी केन्द्रिय अध्यक्ष ज्योती राणाले बुटवलमा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने गरि पुर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

संघका अध्यक्ष संजय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले विकास समितिले निर्माण गरेको लन टेनिस कोडको संरक्षण अवका दिनमा लन टेनिस संघले नै गर्ने गरि हस्तान्त्ररण भएको खुलासा गर्नु भयो । रुपन्देही लन टेनिस संघको आयोजनामा संचालन भएकोे प्रतियोगितामा १ सय खेलाडीको सहभागीता रहेको छ ।

यही फागुन ९ गतेसम्ममा संचालन हुने तेस्रो संकरणको प्रतियोगितामा विभिन्न ८ विधामा प्रतिष्पर्धा गराईको सचिव गोपाल ज्ञवालीले बताउनु भयो । प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी ,४५ वर्ष माथी र ५५ वर्ष माथीका प्रतियोगितामा प्रतिस्पर्धा गराईने भएको छ । त्यसैगरि डवल तर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथीका बीच प्रतिष्पर्धा गराईने भएको छ । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको संस्थाका अध्यक्ष संजय श्रेष्ठले बताउनु भयो ।

त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फ प्रथम हुनेले २० हजार ३५ वर्ष र ४५ वर्ष माथीकाको प्रथमले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएका छन । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्