दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते



न्युज अफ नेपाल, दैलेख ।

दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा परी दैलेख गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी भाइते भएका छन् ।

ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारामा डोजर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकबाट करिब २० मिटर तल रुखमा अड्किएको अवस्थामा डोजर फेला परेको थियो ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्