करोडको लगानीमा मर्मत गरिएको दोधारा-चाँदनी जोड्ने झोलुङ्गे पुल एक महिनामै जीर्ण



मनोज भट्ट, महेन्द्रनगर ।

नेपाल भ्रमण वर्ष २०२० संगै कञ्चनपुरको एक पर्यटकिय स्थलका रुपमा रहेको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल एक महिना अगाडी मर्मत गरिएको थियो । १ करोड १० लाखको लगानीमा एक महिना अगाडी मात्रै मर्मत गरिएको दोधारा–चाँदनी झोलुङ्गे पुल पुनः पहिलेकै अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले उक्त पुल जीर्ण अवस्थामा रहेकोले मर्मतकालागि १ करोड १० लाख रुपैयाँ छुट्याएको थियो । उक्त झोलुङ्गे पुल मर्मतको ठेक्का खाम्पाचे÷देवभूमि कन्सट्रक्सन तथा क्वालिटी सप्लार्यस अमरगढी ५ जेभीले पाएको थियो । मर्मतका लागि भन्दै झण्डै १५ दिन आवत जावत समेत बन्द गरिएको थियो । करोडौंको बजेटमा मर्मत गरिएको झोलुङ्गे पुल महिना दिनमै फेरी जीर्ण बनेको छ ।

सवा करोड खर्चेर मर्मत गरिएको पुलको हालको अवस्था देखेर नजर राख्दै आएका स्थानीय व्यापारी देखी जनाता सम्म अचम्भीत भएका छन् । ‘एक महिना अगाडी मात्रै करोडौं पैसा लगाएर पुल मर्मत गरेका हुन् । आजै यस्तो अवस्था कसरी भयो रु’ स्थानीय पूर्ण मल्लले भने ।
मर्मत गरिएको भनिएको झोलुङ्गे पुलको दश ठाउँमा समस्या समस्या देखिएको छ । पुलको दायाँ बायाँ पट्टीको जाली समेत भाँचिएको छ । पुलमा राखिएका फलामका पाता भाचिएर दुई पांग्रे सवारी साधनमा दुर्घटना निम्तिने खतरा बढेको पाइन्छ । मर्मत गरिएको झोलुङ्गे पुलको हालको अवस्था

देखा पर्नुमा ठेकेदार कम्पनीले मर्मतमा जालझेल र गुणस्तरिय समाग्रीको प्रयोग नगरिएको देखिन्छ । १ करोड १० लाखको लागतमा मर्मत गरिएको पुलमा एक महिनाकै अवधिमा समस्या तथा जीर्णता दोहोरिनुले मर्मतको कम्पनीको गुणस्तर राम्रो संग झल्किएको छ । प्रदेश सरकारको लाखौं बटेज स्वाँहा पारेर नेपाल भ्रमण वर्ष २०२० लाई नै धमिल्याउन खोज्ने उक्त ठेकेदार कम्पनीलाई स्थानीयले कारबाहीको माग गरेका छन् ।

दोधारा–चाँदनी झोलुङ्गे पुल एसियाको दोस्रो लामो झोलुङ्गे पुल हो । जसको लम्बाई १ हजार ४ सय ५३ मिटर रहेको छ । उक्त पुलले महाकाली नदी पारी रहेको नेपाली भूमि दोधारा–चाँदनी अर्थात हालको महाकाली नगरपालिकालाई जोड्ने गर्दछ । महेन्द्रनगर बजारबाट ९ किलोमिटरको दूरी उक्त झोलुङ्गे पुल अवस्थित छ ।

नेपाल भ्रमण वर्ष संगै उक्त पुल भ्रमणकालागि सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गछर्न् । नेपाल भरीकै अधिकांश विद्यालयका विद्यार्थीहरु एसियाकै दास्रो लामो झोलुङ्गे पुल भन्दै शैक्षिक भ्रमणमा आउने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । भ्रमण वर्ष मात्रै नभएर उक्त भ्रमणका लागि पहिले देखि नै आन्तरिक र बाह्य पर्यटकको घुइचो लाग्ने गरेको पाइन्छ ।

पर्यटकिय रुपमा दोधारा चाँदनीको पुललाई आर्कषक बनाउने भीमदत्त नगरपालीका र महाकाली नगरपालिकाको उद्घोष गर्दै आए पनि आज सम्म राम्रो र दिर्घकालिन रुपमा दुवै स्थानीय निकायहरुले पहल गर्न सकेका छैनन् । भीमदत्तले उक्त पुल क्षेत्रमा केहि पटक सरसफाईका अभ्यास गरे पनि दिर्घकालिन रुपमा प्रस्तुत हुन नसकेको पाइन्छ ।

महाकाली नगरपालिकाले समेत उक्त झोलुङ्गे पुललाई आर्कषक र रमणिय स्थल बनाउन विभिन्न कदम चाल्ने जनाए पनि त्यसमा समेत सार्थकता दिन नसकेको देखिन्छ । पुलको छेउमा रहेको बगैचालाई आधुनिकरण गर्ने महाकाली नगरपालिकाको लक्ष्य रहेको थियो । त्यो संगै पुललाई चम्किलो बनाउन रङ्ग रोगन र लाइटिङको व्यवस्था गर्ने जनाउदै आएको महाकाली नगरपालिका त्यसमा समेत चुकेको देखिन्छ ।

कञ्चनपुरको प्रमुख पर्यटकिय स्थलका रुपमा रहेको झोलुङ्गे पुलको संरक्षण तथा सम्बद्धन हुन नसक्दा पटक९पटक जीर्ण बन्दै गएको छ । मर्मतका लागि करोडौंको बजेट खर्च गर्दा समेत उक्त पुलको अवस्था परिवर्तन हुन नसक्नुले आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्कम प्रभाव परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्