कांग्रेस संसदीय दलको कार्यलयमा श्रद्धाञ्जली सभा सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

संघीय संसद, राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद उपाध्यायको निधन प्रति कांग्रेस संसदीय दलले सोमबार दलको कार्यालय सिंहदरबारमा श्रद्धाञ्जली सभा गरेको छ ।

उपाध्यायको फागुन २ गते भएको निधन भएको थियो । २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं. ५ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित उपाध्याय २०४६ सालको जनआन्दोलन देखिनै कांग्रेस पार्टीमा सक्रिय रहँदै आउनु भएको थियो ।

संसदीय दलको कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डे, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल गौतम साथै प्रतिनिधि सभा, लेखा समितिका सभापति भरत कुमार शाहले शोक मन्तव्य राख्नु भएको थियो ।

मन्तव्य राख्ने क्रममा सभापति देउवाले स्व. दुर्गा प्रसाद उपाध्याय विकास प्रेमी, जुजारु एवं लोकप्रिय नेता भएको र उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु¥याउनु भएको स्मरण गर्दै उपाध्यायकाृ निधनले नेपाली कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत अपुरणीय क्षति पुगेको बताउनु भएको थियो ।

उपाध्याय २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गाविसको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो भने कांग्रेसको बाह्रौं महाधिवेशन र तेह्रौं महाधिवेशनमा उहाँ दुई कार्यकाल क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । उहाँले संगठन विस्तार र सुदृढिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँ राजनीतिमा मात्र नभएर सामाजिक कार्यहरुमा पनि सक्रिय रहँदै आउनु भएको थियो । उहाँ लुम्बिनी विकास कोषको कार्यकारणी सदस्यका साथै अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्