ललितपुर क्लबलाई रकम बाँडियो



ललितपुर, (नेस)।

ललितपुर महानगरपालिकाले महानगरभित्रका ए, बी र सी डिभिजन फुटबल क्लबलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ। ५ वटा ए डिभिजन क्लब थ्री स्टार, जावलाखेल, फ्रेन्डस, ब्रिगेड ब्वाइज र च्यासलले ४/४ लाख नगद प्राप्त गरेका छन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ उपाधि जितेको थ्री स्टारले थप १२ लाख रुपियाँ पनि हात पा¥यो। त्यस्तै, च्यासलले २ उपाधिमा थप ८ लाख र जावलाखेलले एक उपाधि गरी थप ४ लाख रुपियाँ प्राप्त गरे।

ललितपुर महानगरले ४ वटा बी डिभिजन क्लब खुमलटार, सातदोबाटो, झम्सिखेल र पुल्चोकलाई ३/३ लाख तथा सी डिभिजनमा रहेका २ वटा क्लब खालीबारी र सानेपालाई २/२ लाख रुपियाँ प्रोत्साहनस्वरूप उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्