डाफोडिललाई उपाधि



काठमाडौं, (नेस)।

डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा डाफोडिलले भ्याली भ्यु इंलिस स्कुललाई ३–० गोलले पराजित ग¥यो। डाफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे। डाफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए।

उपाधिसँगै डाफोडिलले २० हजार नगद पुरस्कार पायो भने भ्याली भ्युले १० हजार नगद पुरस्कारमा चित्त बुझायो। विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा डाफोडिलका छेवाङ मोक्तान उत्कृष्ट खेलाडी, विद्या संस्कारका रुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, रिब्सका मिलन गुरुङ ‘मोस्ट प्रोमिसिङ प्लेयर’ र भ्याली भ्युका इत्ची महर्जन सर्वाधिक गोलकर्ता बने। बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पा¥यो।

 

प्रतिक्रिया दिनुहोस्