तराई यातायात संघमा विष्ट



नेपाल समाचारपत्र, बारा ।
तराई यातायात व्यवसायी संघ सिमराको अध्यक्षमा शंकरकुमार विष्ट निर्वाचित हुुनुभएको छ। संघको पाँचौ अधिवेशनबाट विष्ट अध्यक्ष पदमा विजयी हुुनभएको हो। विष्टले ६२८ मत ल्याउनुभएको थियो। एक जना वरिष्ठ उपाध्यक्ष बाहेकका अन्य सबै पदमा विष्ट प्यानलका उम्मेदवार विजयी भएका छन्। अध्यक्ष पदका अर्का प्रतिस्पर्धी उम्मेदवार जगरनाथप्रसाद कल्वारले ५४५ मत ल्याउनुभएको छ।

संघको वरिष्ठ उपाध्यमा कलवारे प्यानलबाट हरिशरण अधिकारी विजयी हुनु्भएको छ। अधिकारीले ६ सय ४७ मत ल्याउनुभएको छ। त्यसैगरी दक्षिण उपाध्यक्ष पदमा सुहैल अख्तर अन्सारी, उत्तर उपाध्यक्ष बोधराज आचार्य, पूर्र्व क्षेत्र उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी, महासचिव जीवनकुमार श्रेष्ठ, सचिव देवकुमार श्रेष्ठ, सहसचिव लोकराज पौडेल, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे, सहकोषाध्यक्ष पदमा युवराज न्यौपाने तथा सदस्यमा सदस्य दिलुमाया श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, मदनराज कंसाकार, मनोज यादव, नवीन थापा, रामबहादुर कार्की, सुदीप रिमाल, तुफान फारुक अन्सारी, र उमकेश्वर प्रसाद रौनियार चुनिनुभएको छ।

अध्यक्ष पदका उम्मेदवार शंकरकुमार विष्ट र जगन्नाथप्रसाद कलवारले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए। आगामी तीन बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न शनिबार भएको मतदानमा १ हजार १ सय ९६ ले मतदान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्