परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल



काठमाडौं, (नेस)
नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त हुनुभएको छ भने परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभएको छ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्