नेपाल बंगलादेश बैंकले पशुपति क्षेत्रलाई डस्विन हस्तान्तरण



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्विन हस्तान्तरण गरेको छ।

नेपाल बंगलादेश बैंक लिमिटेडका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाानाको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदा सूची पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताउनुभयो।सोही कार्यक्रममा बैंकको तिलगंगा शाखाको एटीएम पनि उद्घाटन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्