कोका–कोलाको नयाँ टीभीसी



काठमाडौं, (नेस)
कोका–कोलाले पाँचौं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टीभी कमर्सियल सार्वजनिक गरेको छ। यस वर्ष मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाको उत्सव मनाउँदै छ।

यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भए पनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणलाई उत्सवमा परिवर्तन गर्दछ।यो टीभीसीमा अभिनेत्री साम्राज्ञी शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेनलगायत रहेका छन्।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्तालाई मनमा राखेका छौं।

नयाँ टीभीसीमा खाना खानभन्दा पनि भोजनलाई कसरी प्रियजनहरूसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ। यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ।’

 

प्रतिक्रिया दिनुहोस्