मेगा बैंकले कतारबाट सवा दुई अर्ब ऋण ल्याउने



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपियाँ) भित्र्याउन लागेको छ। मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो। नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपाल ल्याउनेछ। कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट व्यावसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ। योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यावसायिक लगानीकर्तालाई राहत मिल्ने मेगा बैंकको विश्वास छ।

मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ केन्द्र र २५ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन्।

प्रतिक्रिया दिनुहोस्