गर्भवतीको हत्या



रियो दि जेनेरो, (एजेन्सी)

ब्राजिलका २१ वर्षीय एक युवकले ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तास्थित घरमा शारीरिक सम्बन्ध राखिरहेकै अवस्थामा आफ्नी गर्भवती पत्नीकोे घाँटी रेजर ब्लेडले काटी हत्या गरेको आइतबार ब्राजिलियन प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मार्सेलो अराउजोले २२ वर्र्षीया पत्नी फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि आवेशमा आएर हत्या गरेको बुझिएको छ। उनले आफ्नो अपराध स्विकारी सकेका छन्। यस जोडीको पहिले नै चार वर्षकी एक छोरी र दुई वर्षका छोरा गरी दुई सन्तान थिए।

 

प्रतिक्रिया दिनुहोस्