नेप्सेमा करिब २० अंकको वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं । 

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको वृद्धि भएको छ। चार वटा कम्पनीको सूचकमा सकारात्मक ‘सर्किट’ लागेको दिन नेप्से १९ दशमलव ३९ प्रतिशतले वृद्धि भई १३६३ दशमलव ९७ बिन्दुमा पुगेको हो।

कुल १७६ कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता शेयर १ अर्ब ९७ करोड ८१ लाख ८ हजार रुपियाँबराबरको कारोबार भएको दिन तीन समूहबाहेक सबै समूहको शेयर परिसूचकमा वृद्धि भएको छ। आइतबार वित्त समूह ३ दशमलव ३४ अंक, अन्य समूह २ दशमलव ६८ अंक र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ६ अंकले घटेको छ।

तर, बैंकिङ समूह ५ दशमलव १५, व्यापार समूह ११ दशमलव शून्य २, होटल समूह ६ दशमलव ९५, विकास बैंक समूह ४ दशमलव ५४, जलविद्युत् समूह ९ दशमलव ४५, निर्जीवन बीमा समूह ४१६ दशमलव ७९, उत्पादन समूह ५३ दशमलव ९४, लघुवित्त समूह ५७ दशमलव ८१, जीवन बीमा समूह ३९८ दशमलव ६९ अंकले बढेको छ।

त्यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ५८ अंमले वृद्धि भई २८५ दशमलव ८२ मा पुगेको छ। कारोवारका आधारमा यस दिन हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड चार लाख २० हजार रुपियाँको कारोबार भएको छ।

साथै शिवम् सिमेन्टको १३ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ४७ लाख रुपियाँको शेयर कारोबार भएको छ। आइतबार राधी विद्युत् कम्पनी, एनएलजी इन्स्योरेन्स, ङादी गु्रप अफ पावर, नेपाल हाइड्रो र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा नबिल ब्यालेन्स फन्ड दोस्रो, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी
गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्