६ महिनामा विप्रेषण, आप्रवाह ४४७ अर्ब २६ करोड



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विप्रेषण आप्रवाह शून्य दशमलव ९ प्रतिशतले वृद्धि भई ४४७ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १७ दशमलव ६ प्रतिशतले बढेको थियो। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७ दशमलव ७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दशमलव ३ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा शून्य दशमलव ५ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आय शून्य दशमलव१ प्रतिशतले बृद्धि भई ५०६ अर्ब ५ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८ दशमलव ७ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्