सेन्टी भाइरसलाई जिते पत्रकारले



धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा शुक्रबार फिल्म पत्रकार तथा धुर्मुस–सुन्तलीद्वारा निर्मित फिल्म सेन्टी भाइरस टिमबीच मैत्रीपूर्ण क्रिकेट खेल भएको छ।

खेलमा फिल्म पत्ररकार टिमले सेन्टी भाइरसको कलाकार टिमलाई ८ विकेटले पराजित गरेको छ। खेलमा सेन्टी भाइरस टिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको सिने पत्रकारको टिमले १५ ओभरमा ८ विकेटको रक्षा गर्दै जितेको हो। यसअघि पहिले ब्याटिङ गरेको सेन्टी भाइरस टिमले १९.१ ओभरमा अलआउट हँुदै १ सय ३७ रन बनाएको थियो।

सिने पत्रकारको टिममा सन्दीप सापकोटा, दिनेश सिटौला, संगम क्षत्री, खगेन्द्र बुढाथोकीलगायतले खेलेका थिए भने सेन्टी भाइरसको टोलीमा कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’, नायक दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाललगायतले खेलेका थिए।
फिल्म सेन्टी भाइरस यही शुक्रबारदेखि अल नेपाल रिलिज हँदै छ।

प्रतिक्रिया दिनुहोस्