पुष्पकमल सत्ताको मानसिक छटपटाहट भएको आरोप



सरोज यादव, विराटनगर ।
प्रदेश १ संसदमा सत्ता पक्षका सांसदले प्रतिपक्षका सांसदसँग आक्रोश पोखेका छन् । केही दिन अघि प्रतिपक्षका सांसदहरुले प्रदेश लोकसेवा आयोगका अध्यक्षको नियूक्ति, प्राधिकरणका कार्यकारी प्रमुखको नियुक्ति र पुष्पकमल दाहालमा सत्ताको मानसिक छटपटाहट भएको आरोप लगाएपछि सत्ता पक्ष प्रतिपक्षमाथि खनिएका हुन् ।

प्रदेश सभाको शुन्य समयमा बोल्ने अधिकांश नेकपाका सांसदहरुले सरकार र दलका नेताको बचाउ गर्दै नेपाली कांग्रेसका सांसदको अभिब्यक्ति पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिए । केही दिन अघि मात्र नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभाको बैठकको शुन्य समयमा नै प्राधिकरणका प्रमुख कार्यकारी र लोकसेवा आयोगका अध्यक्ष प्रदेश भन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै सरकारको बिरोध गर्नु भएको थियो ।

त्यस्तै कांग्रेसकै सचेतक सूयर्माराज राईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै मानसिक बिक्षिप्त भएको आत्तिएको र पात्तिएको सम्मको अभिब्यक्ति दिएपछि सत्तापक्ष (नेकपा) का सांसदहरुले आईतवारको शुन्यसयम त्यसैको प्रत्यारोपमा विताएका हुन् । सत्ता पक्षका सांसद बलबहादुृर साम्सुहाङ्गले सदनमा प्रतिनिधित्व गर्ने दलका सांसदले सदनको गरिमा बुझ्न नसकेको बताउनुभयो ।

‘सत्ता पक्षबाट विपक्षमा जाँदैमा कसैका बारेमा जे पायो त्यही बोल्न पाइन्छ ? पाइन्छ भने यो गरिमामय सांसदको के अर्थ? साम्सुहाङको प्रश्न थियो, संसदलाई भाँडमा धतुर बनाउने काम नगरौँ ।’ सांसद मोहन कुमार खड्काले सम्मानीत संसदमा कुनै नेतालाई मानसकि छट्पटाहट भएको भनेर आरोप लगाउनु सत्ताबाट विमूख आवेग भएको प्रतिक्रिया दिनुभयो ।

त्यही नेताको योगदानमा स्थापना भएको लोकतन्त्र र गणतन्त्रसँग अहिलेको तीन तहको सरकारको संघीयताको व्यबस्था अनुसार संसद हुने अनि त्यही नेतालाई मनपरी भन्ने ? , सांसद खड्काको प्रश्न छ। सांसद बिमाल कार्कीले प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरु पराजित मानसिकताबाट आक्रोशित हुन थालेको आरोप लगाउनुभयो । कार्कीले प्रदेश सभाले नै प्रदेश लोकसेवा आयोग ऐन बनाएको र त्यही ऐन अनुसार सरकारले लोकसेवा आयोगका अध्यक्ष नियुक्ती गरेकोमा विवादमा पार्ने काम कसैबाट हुन नहुने स्पष्ट पार्नुभयो ।

ऐेनमा व्यबस्था भए भन्दा फरक अध्यक्ष नियुक्त गरेको भए कानुनी उपचार खोज्न चुनौती दिँदै सांसद कार्कीले ऐन बमोजिम नियुत्ती भएको संबैधानिक पदको बारेमा बोलेर सांसदहरुले आफैले बनाएको ऐनको उपहास गरिरहेका आरोप लगानुभयो । सत्ता पक्षकै सांसद तुलसी न्यौपानले लोकसेव आयोग र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ऐन कानुन अनुसार भएकाले कानुनको खिल्ली संसदमा न उडाउन आग्रह गर्नुभयो । ‘हामी आफैले बनाएको कानुन अनुसार लोकसेवा आयोगको नियुक्ति भएको हो, ‘न्यौपानेले भन्नुभयो, अहिले नियुक्त भएका संबैधानिक आयोगका अध्यक्षलाई जोडेर गलत प्रचार गर्ने काम नगरियोस् ।’्

मुख्यमन्त्री कार्यालय काम बिहिन भयो

समाजवादीका सांसद रामचन्द्र लिम्बुले धनकुटामा स्थापना भएको मुख्यमन्त्री कार्यालय कर्मचारी बिहिन भएर कुनै गतिबिधि नगरेको बताउनुभयो । जनसम्पर्क कार्यालयको रुपमा स्थापना भएको मुख्यमन्त्री कार्यालयमा अहिले दुई जना कर्मचारी मात्र रहेकोले कुनै जनसम्पर्कको कामै नभएको जानकारी गराउनुभयो । ‘धनकुटामा यस्तो जनसम्पर्क बिहिन मुख्यमन्त्री कार्यालय जनताले मागेका थिएनन्, लिम्बुले भन्नुभयो, यसलाई तत्काल कामकाजी बनाईयोस् ।’

बनकरले हैरान पार्यो
प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य कृष्णकुमारी राईले मोरङको ग्रामिण बस्तीका किसानलाई बाँदरले हैरान पारेको बताउनुभयो । सांसद राईले किसानले लगाएको मकै तथा अन्य बाली खाएर हैरान पारेको अबस्थामा बाँदर धपाउने मेसिनको उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।‘वनकरका कारण पहाडी क्षेत्रका किसानहरु सुकुम्बासी भएका छन्, सांसद राईले भन्नुभयो, बनकर खेदाउने मेसिन सकारले चाँडै किनेर किसानलाई दिन माग गर्दछु ।’ बाँदरका कारण सर्वसाधारणको उठीवास भएको समेत उहाँले सदनलाई जानकारी गराउनुभयो ।

उहाँले किसानले लगाएको अन्नबाली बाँदरले खाइदिएकाले तत्काल यो समस्याबाट किसानलाई मुक्ति दिनु पर्ने माग राख्नुभयो । प्रदेश सभामा बोल्दै नेपाली कांग्रेसका संसद लोकप्रसाद संग्रौलाले मन्त्री तथा सांसदहरुको अनुपस्थितीमा सदन ग्रहणलाग्दो भएको जानकारी गराउनुभयो । ‘मन्त्रीहरु छैनन्, सांसदहरुको उपस्थिती पनि कमजोर छ, कुर्सी खाली छन् के कारणले यस्तो अबस्था आएको हो ?’ सांग्रौलाले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्