गण्डकीमा खुल्यो पहिलो प्रदेश विश्वविद्यालय, कुलपतिमा गुरुङ



न्युज अफ नेपाल, काठमाडौं ।

मुलुक संघीय संरचनामा गएसँगै गण्डकी प्रदेश पहिलो प्रादेशिक विश्वविद्यालय खोल्ने प्रदेश बनेको छ । यो प्रदेशले गण्डकी विश्वविद्यालय स्थापना गरेको छ भने कुलपतिसमेत नियुक्त गरेको छ ।

यस प्रदेशले आइतबार विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष तथा प्राध्यापक डा. गणेशमान गुरुङलाई कुलपतिमा नियुक्त गरेको छ । गुरुङ तत्कालीन एमालेको तर्फबाट संविधान सभाका सदस्य थिए ।

गुरुङले लामो समय त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा प्राध्यापन गरेका थिए । उनी नेपाल समाजशास्त्र संघका अध्यक्ष पनि हुन् ।

कुलपतिको कार्यकाल ५ वर्षको हुनेछ ।नव नियुक्त कुलपति गुरुङले भन्नुभयो– ‘पाँच वर्षको अवधिमा यस विश्वविद्यालयलको शैक्षिक विकासमा प्रतिवद्ध भएर लाग्नेछु ।’

प्रतिक्रिया दिनुहोस्