बनाउदै गरेको घर भत्किदा ४ जना गम्भिर घाईते



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा बनाउदै गरेको घर भत्किदा ४ जना मजदुर गम्भिर घाईते भएका छन । जिल्लाको छत्रेश्वरी गाउँपालिका–२ दहखोलामा स्थानीय बिर बहादुर बिकको बनाउदै गरेको घर भत्किदा ४ जना मजदुर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

घाईते हुनेमा ३१ वर्षीया भुमा खडका, २८ वर्षीया रिता बिक, ३२ बर्षीया रेउती बिक र ३५ बर्षीया कबिता बस्नेत गम्भिर घाईते भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

आईबार दिउँसो ३ बजे ढलान गर्ने क्रममा माटोको दुई तले घर भत्किदा उनिहरु चारै जना पुरिएका थिए । पुरिएकाको स्थानीयद्धारा उद्धार गरीएको थियो । घाईतेहको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको उहाँले बताउनु भयो ।

घर भत्किदा त्यँहा वरपर रहेका अन्य ६ जना सामान्य घाईते भएको र उनिहरुलाई प्राथामिक उपचार पछि घर फर्किएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्