अनुुगमन भ्रमणमा मात्र ४९ लाख बढी खर्च, नगरप्रमुख भन्छन्– ‘ठिकै त हो’



दयाराम पण्डित, बाजुरा ।

पछिल्लो समयमा स्थानीय तहको प्रशासनीक खर्च अत्यधिक बढेको छ । जनप्रतिनीधि, कर्मचारी र उनका आसेपासेलाई दैनिक भ्रमण भत्तावाट खर्च गर्न सरल हुने भएकोले यस्तो खर्च बढेको हो ।

बाजुराका प्रायः जसो पालिकामा भ्रमण खर्च अत्यधिक भएको देखिन्छ । जिल्लाको अनुुगमन खर्च बजेट पक्र्षेपण हेर्दा अन्य आठ ओटा स्थानीय तहमा दशदेखी ३० लाख रुपैयाँसम्म खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराले जनाएको छ ।

अनुुगमन भ्रमण खर्चमा सबैभन्दा बढी खर्च गर्नेमा बुढिनन्दा नगरपालिका देखिएको छ । बुढिनन्दा नगरपालिकाले आर्थिक वर्ष ०७५।०७६ मा अनुगमन र भम्रणमा ४९ लाख बढि खर्च गरेको पाईएको छ ।

बिभिन्न नाममा र कम दिन लाग्नेमा बढि दिन लागेको देखाउदै ४९ लाख ८६ हजार ५ सय ७५ रुपैया खर्च गरेको पाईएको हो । महालेखाको परिक्षकको कार्यलयले आफ्नो प्रतिबेदनमा यो रकम अस्वभाविक भएकोले नियन्त्रण गर्नमा सुझाब समेत दिएको बताइएको छ ।

कार्यलयले निकालेको लेखापरिक्षणको प्रतिबेदनमा एकदिन समय लाग्ने कामलाई पनि दुुइदेखी छ दिनसम्म देखाई अनुगमन मूल्यांकन खर्च र भ्रमण खर्च लिएको जनाएको छ । प्रतिबेदनमा नियम बिपरित भ्रमण तथा अनुगमन मूल्याकंन खर्च गरेको जनाएको छ ।

नगरपालिकाको काममा सदरमुकाम मार्तडी भम्रण र पालिकाका वडा सम्मको अनुगमन लगायत अन्य कार्यक्रममा १ दिनको कामलाई ६ लागेको देखाएर रकम लिइएको पाईएको छ एक कर्मचारीले बताए ।

भ्रमण खर्च नियमावलीमा २०६४ को नियम ७(३) सार्वजनिक यातायात चल्ने स्थानमा एकैदिन गई फर्कन सक्ने अबस्था दैनिक भत्ताको २५ प्रतिशत खाचाखर्च र यातायात खर्च पाँउने ब्यबस्था छ ।

नियम ८ मा सदरमुकाम क्षेत्र वा रात बिताउनु पर्ने गरि खटिएको स्थानदेखी १५ किलोमिटर भित्र आफ्नो र आफनो परिवारको नाममा स्थायी घरबास भएका कर्मचारी एवं पदाधिकारीले त्यस्तो क्षेत्रमा भ्रमण वा कागजमा रहँदा दैनिक भ्रमण भत्ता खर्च नपाउने ब्यबस्था रहेको कोष लेखा नियन्त्रण कार्यलय बाजुराका निमित्त प्रमुख धन बहादुर थापाले वताए ।

कोष लेखा नियन्त्रण कार्यलय बाजुराका निमित्त प्रमुख धन बहादुर थापाले भने अस्वभाबिक खर्च भएको वताएका छन् । यसलाई नियन्त्रण हुनुपर्ने वताएका छन् । बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम गिरीले भन्नुुभयो उक्त रकम खर्च गर्नु कुनै अनौठो नभएको कर्मचारी र जनप्रतिनीधिले काम गर्ने सिलसिलामा खर्च भएको हो । अनावस्यक टिका टिप्णी नगर्नु पर्ने हो ।

बुढीनन्दा नगरपालिकाकी उपमेयर तथा अनुगमन समितिकि संयोजक सृष्टि रेग्मिले आफुले अनुगमनका नाममा एक रुपैया पनि नलिएको वताईन् । यो भ्रमण खर्च भएको हुन सक्ने कसैले अरुले अनुगमन गरेको भए थाहा नभएको तर अनुगमन समितिले भने त्यो आर्थिक बर्षमा एक रुपैया पनि नलिएको वताएकि छन् ।

उपमेयर रेग्मिले कुनै पनि जनप्रनिधिले अनुगमनका नाममा रकम नलिएको दाबि गर्छन् । बुढिनन्दा नगरपालिका निमित्त कार्यकारी प्रमुख रामदत्त न्याउपानेले भने यस बारे बुझे जानकारी गर्ने वताए ।

लेखापाल डिबि ढकाल भने रकम खर्च भएको स्वीकार गरेका छन् । अनुगमन र भ्रमण खर्च दुबैमा उक्क्त रकम खर्च भएको वताएका छन् । गएको बर्ष अलि बढि भएको यो बर्ष केही कन्ट्रोल गर्ने वताएका छन् ।

बाजुराका नौ ओटा स्थानीइ तहमा भएको दैनिक भ्रमण खर्च एउटा उदाहरणस्वरुप मात्र हो । स्थानइि तहको खर्च लेखाजोखा गर्ने हो भने गाउँमा छोटेराजाको विकास भएको छ स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्