तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा



यमलाल भुसाल, बुटवल ।

सोमवार देखि बुटवलमा संचालन हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फिल्ड बनाउने, खेलाडीको रजिष्टेशन ,आवास, यातयात, लगाएतका सवै तयारी पुरा गरिएको आयोजकले जनाएका छन ।

रुपन्देही लन टेनिस संघको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १ सय खेलाडी सहभागीता रहेको छ । यही फागुन ९ गतेसम्ममा संचालन हुने तेस्रो संकरणको पुर्वमन्त्री तथा पुर्व राष्टिृय खेलाडी छविलाल विश्वकर्माले सोमवार विहान ८ वजे उदघाटन गर्ने कार्यक्रम तय भएको संघका सचिव गोपाल ज्ञवालीले बताउनु भयो ।

विभिन्न ८ विधामा संचालन गरिने प्रतियोगितामा काठमाण्डौ , पोखरा, विराटनगर बुटवल लगाएतका स्थानवाट १ सय खेलाडीले नाम दर्ता गरेको आयोजक संस्थाका अध्यक्ष संजय श्रेष्ठले बताउनु भयो ।

प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी ,४५ वर्ष माथी र ५५ वर्ष माथीका प्रतियोगितामा प्रतिस्पर्धा गराईने भएको छ । त्यसैगरि डवल तर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथीका बीच प्रतिष्पर्धा गराईने भएको छ । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ ।

त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ ।

त्यैसगरि पुरुष डवल तर्फ प्रथम हुनेले २० हजार ३५ वर्ष र ४५ वर्ष माथीकाको प्रथमले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएका छन । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्