एनआरएनए अस्ट्रियाका महासचिवको घमण्डको चक्रब्यूहमा धरासायी



दिपेन्द्र गजुरेल, स्पेन ।

बाह्य र आन्तरिक कलहमा फसेको एनआरएनए अस्ट्रिया एक पछि अर्को गर्दै विवादास्पद बन्दै गएको छ । एनआरएन अस्ट्रियाभित्र गोप्यरुपमा नेपाली काग्रेसको भातृसंगठन जनसम्पर्क समिति प्रति आस्था राख्ने केहि पाकेटका मान्छेहरूको प्रतिनिधित्व गर्दै विजयी बनेकी महासचिव भवानी तिवारीले राजनीतिक रंङ्ग देखाउँदा विवाद बढेर सतहमा आएको हो ।

२०१९–२१ कार्यकालका लागि प्रत्यासी अध्यक्ष धुर्व पौडेल र अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य जिवनजङ्ग कुँवर (आइसिसी) पराजित भएपछि हार स्विकार्न नसकेर विजयी अध्यक्षलाई असफल बनाउन प्रपञ्च रच्दै महासचिव तिवारीलाई प्रयोग गरेर संस्थालाई धरासायी बनाउन लागेपछि विवाद चुलिएको हो।

अस्ट्रिया एनआरएनएलाई धरासायी बनाउनेहरूको टोलीले नयाँ संस्था इनासमा आफु र जनसम्पर्क समिति प्रति आस्था राख्ने केहि निकट कार्यकर्ताहरुले एनआरएनको कार्यसमितिमा रहेर पनि असहयोग गरिरहेको एक सदस्यले बताए ।

५ जनवरीमा अध्यक्ष विनोद चौलागाईंले बैठक बोलाउदै गर्दा महासचिव तिवारीले ४ जनवरीमा बैठक बोलाएर अध्यक्षलाई कार्वाही तथा असक्षमताको बारेमा छलफल भएपछि ९ जनवरीमा अध्यक्षलाई बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेकी थिइन् ।

महासचिव तिवारीले सामाजिक संस्थाको मुल्य मान्यता विपरीत आफु विरुद्ध अनावश्यक हस्तक्षेप गर्न खोजेको थाहा पाएपछि अध्यक्ष विनोद चौलागाईले ५ जनवरीको बैठकबाट बहुमत सदस्यहरूको निर्णयबाट महासचिवलाई संस्थाको काम कर्तव्य र अधिकारबाट रोक लगाइ निलम्बन गरेका थिए ।

एनआरएनए अस्ट्रियाको विवाद युरोप हुदै केन्द्रमा पुगेपछि केन्द्रीय महासचिव डा. हेमराज शर्माले टेलिफोन सामुहिक छलफलबाट मिलाउने प्रयास गर्दा महासचिव तिवारीले केन्द्रीय महासचिवको निर्देशन अस्वीकार गर्दै छलफल विना निष्कर्ष टुङ्गिएको थियो । युरोप संयोजक, उपसंयोजक, आइसिसी सदस्य, एनसिसि अध्यक्ष र एनसिसि महासचिवको सामुहिक छलफल भएको थियो ।

लगत्तै युरोप संयोजक नारायण आचार्यले बार्ता समिति बनाएका थिए । उक्त समितिमा अस्ट्रियाका पुर्व दुई अध्यक्षको संयोजकत्वमा समिति बनेर पटक पटक छलफल पश्चात महासचिव तिवारीले मनोमानी ढंगले अगाडि बढ्न खोज्दा छलफल विना निष्कर्ष टुङ्गिएको थियो।

यसै सम्बन्धमा एनआरएनए अस्ट्रिया महासचिव तिवारीलाइ सम्पर्क गर्दा यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाउन चाहिनन् । अध्यक्ष विनोद चौलागाईंले १५ फेब्रुअरीमा एनआरएनए केन्द्रीय समितिलाई जानकारी गराउदै महासचिवले सामाजिक संस्थामा अहित हुने क्रियाकलापको जानकारी सहितको बर्खास्तको माग गरेका छन् । एनआरएन अस्ट्रियाको गतिविधि देखेर स्थानीय समेत निराशा बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्