वुहानबाट नेपाली ल्याएको विमान ४८ घण्टा नउड्ने



न्युज अफ नेपाल,काठमाडौं ।

आज बिहानै चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान करिब २ दिन अर्थात् ४८ घण्टा नउड्ने भएको छ ।त्रिभुवन विमानस्थलमा आज विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने भएको हो ।

विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति दिइने बताईएको छ ।उक्त ४८ घण्टाको अवधिमा विमानलाई मेडिकल्ली गर्नुपर्ने ट्रिटमेन्टका कामहरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्