गीताञ्जली र ग्रिनफिल्डलाई उपाधि



काठमाडौं, (नेस)।

गीताञ्जली र ग्रिनफिल्ड पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका छन्। वसुन्धरास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा गीताञ्जलीले जुबिलियन्टलाई २५–१०, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्यो। गल्र्सको उपाधि भिडन्तमा ग्रिनफिल्डले ऋतलाई २५–७, २५–४ र २५–८ को सीधा सेटमा हरायो।

प्रतिक्रिया दिनुहोस्