शेयर बजारमा उतारचढाव कायमै



नेपाल समाचारपत्र, काठमाडौं।

साताभर शेयर बजारमा उतारचढाव कायमै देखिएको छ। साताको पहिलो दिन नै दोहोरो अंकले घटेको शेयरबजार साताको अन्तिम दिनमा पनि घटेर नै कारोबार बन्द भएको छ। साताभरमा मंगलबार र बुधबार भने नेप्से परिसूचकमा वृद्धि भएको थियो। यद्यपी आइतबार, सोमबार तथा बिहीबार बजार ओरालो नै लाग्यो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल एक करोड ६६ लाख १४ हजार ५ सय ८८ कित्ता शेयर पाँच अर्ब ८४ करोड ४१ लाख ६९ हजार १ सय ३६ रुपियाँमा खरिदबिक्री भएका छन्। साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार सोमबार सामान्य अंकले बढेको थियो।

आइतबार नेप्से परिसूचक १३ दशमलव ७० अंकले घटेर १३१९ दशमलव ९९ विन्दुमा झरेको थियो। कूल १ सय ७३ कम्पनीको २५ लाख ५० हजार २ सय ६६ कित्ता शेयर ९५ करोड चार लाख दुई हजार ५ सय ८४ रुपियाँमा खरीद बिक्री भएका थिए।

सोमबार नेप्से ४ दशमलव २८ अंकले बढेर १३२४ दशमलव २६ विन्दुमा पुगेको थियो। कुल १ सय ७५ कम्पनीका २३ लाख ६० हजार ५ सय ८४ कित्ता शेयर ९३ करोड ३२ लाख ८६ हजार ५५ रुपियाँमा खरिदबिक्री भएका थिए। मंगलबार भने शेयर बजारमा दोहोरो अंकको वृद्धि देखा परेको थियो

। कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपियाँमा खरिदबिक्री भएका थिए।बुधबार नेप्से परिसूचक चार दशमलब ६० अंकले बढेर एक हजार ३४५ दशमलब ९७ बिन्दु कायम भएको थियो। त्यस दिन कूल १ सय ७३ कम्पनीको ३९ लाख ८६ हजार ७ सय ६९ कित्ता शेयर एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३ सय ११ रुपियाँमा खरिदबिक्री भएका थिए।

साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा गिरावट आएको थियो। त्यस दिन नेप्से परिसूचक एक दशमलव ३९ अंकले घट्दै १३४४ दशमलव ९९ विन्दुमा ओर्लिएको थियो। त्यस दिन कूल १ सय ७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७ सय ४६ रुपियाँमा खरिदबिक्री भएका थिए। यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल दुई करोड ६९ लाख ८१ हजार ६ सय २९ कित्ता शेयर सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्