पुर्व राजदुत पक्राउ



कोलम्वो,(एजेन्सी)

श्रीलंकाले शुक्रवार दुवइबाट सुपुर्दगी गरिएका रसियाका लागि श्रीलंकाका पुर्व राजदुतलाई मुद«ा अपचलनको अभियोगमा गिरफतार गरेको छ। प्रहरीले उनी विवादास्पद मिग विमान खरिद काण्डमा संलग्न रहेको बताएको छ। उदयँगा विरातुँगालाई राजधानी कोलम्वो स्थित अदालतमा पेश गरिएको हो।

उनलाई सोमवार अर्को सुनवुाइ नहुन्जेल सम्मका लागि रिमान्डमा लिन अदालतले आदेश दिएको छ। उनी राष्ट्रपति गोतावाया राजपाक्षेको परिवारसंग पनि निकट रहेका छन्। सन् २००६ मा श्रलिंकाली सेनाले युक्रेनबाट चार वटा सेकेनड ह्यान्ड मिग–२७ विमान खरिद गरेको काण्डमा उनी मुछिएको हो।

प्रतिक्रिया दिनुहोस्