अनाथालय आगलागिमा पन्ध्रको मृत्यु



पोर्ट ओ प्रिन्स, (एजेन्सी)।

हाइटीको राजधानी पोर्ट ओ प्रिन्स नजिकको एउटा अनाथालयमा अचानक आगलागि हुँदा त्यहाँ रहेका १५ जना बालबालिकाको जलेर मृतयु भएको प्रहरीले जनाएको छ। यस दुर्घटनामाथिको अनुसनधान शुरु भइसकेको छ। तर त्यहाँका कर्मचारी र अन्य बालबालिकाका अनुसार त्यहाँ बिजुलीको सटा मैनवती बाल्ने गरिएको थियो।

त्यहाँको जेनेरेटर बिग्रेकाले मैनवती बालिन थालिएको बताइएको छ। अमेरिका स्थित एउटा इसाइ समुदायले सरकारी आधिकारिक अनुमति बिना नै संचालित सो अनाथालयमा करिव एक सय बालबालिलका रहेको स्थानिय संचार माध्यमले जनाएको छ। सरकारले पिडित बालबालिकाको लागि राहत साम्रगी उपलब्ध गर्दै तिनीहरूका लागि नयाँ वासको व्यवस्था गर्ने कार्य शुरु गरेको छ।

समाज कल्याण प्रतिष्ठानका निर्देशक एरिल्ले जिन्टी भिललेद«ोइनले अमेरिकाको पेनसिल्भिानिया सिथत चर्च अफ वाइवल अन्डरस्ट्यन्डिंगले संचालन गरिरहेको त्यो अवैध अनाथालयमा आगो लाग्दा ६० जना बालबालिका रहेको जानकारी दिएका छन्। २ जना बालबालिकाको घटनास्थलमै र बाँकी १३ जनाको उपचारको क्रममा अस्पतालमा मृतयु भएको बताइउको छ।

स्थानिय न्यायधिश रेमोन्डे जिन एन्तोइनेले आवश्यक मापदण्ड नपुगेकाले सन् २०१३ देखि नै त्यसलाइ बन्द गर्न आदेश दिइएको बताएकीछिन्। नले बालबालिकालाई त्यहाँ जनावरलाइृ भन्दा तल्लोसतरमा राखिने गरेको पाइएको गुनासो गरेकीछिन्।

चर्चले भने आगलागिबारे कुनै टिप्पणी गरेको छैन। हाइटीमा रहेका ७ सय ६० वटा भन्दा बढि अनाथालयमा करिव ३० हजार बाालबालिका रहेका छन्। केवल १५ प्रतिशत अनाथालयसंग मात्र अनुमतिपत्र रहेको बुझिएको छ। सन् २०१० मा आएको भयाक भूकम्पपछि हाइटीमा अनाथालयको संख्यामा एक्कासी वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्