सल्यानमा घाँटी रेटेर युवतीको बिभत्स हत्या,अभियुक्त अझै पत्ता लागेन



“Close up on a bloody knife planted on a wooden floor, a killing scene”

न्युज अफ नेपाल,सल्यान ।

सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर बिभत्स हत्या भएको छ ।हत्या भएको तीन दिन बिसिक्दा पनि प्रहरीले हत्यामा संलग्न अभियुक्त पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गएको शुक्रबार घर नजिकै हत्या भएको थियो ।

प्रहरीका अनुसार कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । शव घरभन्दा करिब १०(१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । तर प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्