“मी टु”, महिला पहिरन र अपराध



दामोदर पौडेल

वर्तमान राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीज्यूले लगाउनुभएको पहिरन हेरौं। दलगतरूपमा नै कोट्याउँदा पनि कम्युनिस्ट नेतृहरू अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल एवं कांग्रेस नेतृहरू पुष्पा भुसाल, मिना पाण्डे आदिलाई हेरौं। उनीहरूको पहिरन कस्तो छ ? उनीहरूले आफ्नो अनुहार रातो, हरियो आदि रंगले पोतेको पनि दखिँदैन। सामान्य र तडकभडक नभएको तर स्तरीय पोशाक उनीहरूले लगाएका हुन्छन्।

कपडा, गहना, मेकअपका साधनले महिला बढी आकर्षक देखिने हुँदा यसलाई गलतरूपमा बुझिन पनि सक्छ। त्यही कारणले बलात्कारका घटना बढेका पनि हुन सक्छन्। तर महिलाको चाहनाअनुसार नै वा साथीको रूपमा रहेका पुरुषलाई पनि ‘ब्ल्याक मेलिङ’ गर्न महिलाले पुरुषलाई आकर्षित गरेर परिणाममा झुटारूपमा यौन अपराधका मुद्दा दिने अवस्था आएमा त्यसको उपचार पनि आवश्यक छ।

उनीहरूले नराम्रो पोशाक लगाएको भन्ने पनि सुनिएको छैन। उनीहरूमा धेरै सुन–प्रेम पनि देखिँदैन। महिलाले सामान्य गहना लगाउने अलग विषय हो। के सुनले शरीर छ्यापछाप्ती नभएर र मुखमा धेरै रंग नपोतेकोले उनीहरूप्रति कसैको सिकायत छ ? मैले सुनेको छु कि यो देशमा शरीरमा लगाउने सुनको मात्रा अनुपातमा प्रतिपरिवार १ लाख रुपियाँभन्दा बढी हुन्छ।

त्यस हिसाबले नेपालमा लगभग १० खर्बको सुन होला। यो सुनलाई रुपियाँमा रूपान्तरण गर्ने हो भने देशमा हजारौं मेगावाट विद्युत् उत्पादन हुन सक्छ। तेलको आयात रोकेर तथा विदेशमा विद्युत् बेचेर देश अहिलेको भन्दा धनी हुन्छ र विदेशी रुपियाँ बचत हुने हुँदा नेपाली रुपियाँको हैसियत राम्रो हुन्छ। विद्युत् उत्पादनले आन्तरिक र स्वरोजगारी पनि बढ्छ।

तर हाम्रो प्रवृत्ति कस्तो देखिरहेको छ भने, बच्चाको फी नहोस् वा पढ्न नजाओस् तर गहना त चाहियो नै। नेपाली समाज पछाडि पर्नुको एउटा कारण अनावश्यक र अनुत्पादक काममा खर्च गर्नु पनि हो। लगाउने वस्तुको प्रतिस्पर्धाको त कुनै तुलना नै छैन। कतिपय महिलाले कपालको कारणले कपाल बिग्रेला भनेर मुन्टो नै बाङ्गो पारेको धेरैले देखेको हुनुपर्दछ।

त्यो केटीको टाउको नै बाङ्गो छ जस्तो लागेर सोध्दा हाँसेर दोस्रो पुस्ताको युवाले भन्यो– त्यो त कपालको स्टाइललाई मिलाएर राख्न टाउको बाङ्गो बनाएको हो। कति कठिन छ महिलाहरूको जिन्दगी ? कुर्ता लगाएपछि पछाडि र अगाडि घाँटी नजिक प्वाल राख्नुपर्नेछ। कुहिनामा पनि प्लाल, अगाडि पनि मनिसले अलि ध्यान दिएर हेरेमा संवेदनशील अंग नै देखिने प्वालहरू वा कटिङहरू ब्लाउज वा कुर्तामा देखिन्छन्।

सल एकातिर लामो पारेर भुइँमा फोहोरमा लतारिएको हुन्छ। उनीहरूलाई समाजले साह्रै सकारात्मकरूपमा त हेर्दैन कि ? यस्ता कार्य केटाभन्दा केटीहरूले बढी गरेको पाइन्छ। च्यातिएको पाइन्ट त केटाकेटी दुवैले किन्न र लाउन थालेको धेरै भएको छ। यस्ता कार्य र लगाइको कारणले मानिसको उनीहरूप्रति आकर्षण त हुन्छ नै, पहिला नयाँ वा फरक अवस्था हेर्ने र पछि त्यही कारणले फरक र नयाँ आकर्षण हुने गरेको छ। त्यो आकर्षण व्यक्तित्वको लागि नभएर शुरुमा कपडा हेर्न आदिको लागि हुने गरेको छ।

महिलाहरूको पहिरन, गहना, पाउडर आदि सबैको कारण त राम्री देखाउन नै हो। देखाउन नै नभए त्यस प्रकारका कपडा सामग्री लगाउने कुरा पनि हुँदैन। ती वस्तुहरू नलगाए उनीहरू नराम्रा नै हुन्छन् त ? महिलाप्रतिको आकर्षण पुरुष–महिलाबीचको केमेस्ट्री, व्यवहार र प्रकृतिले दिएका वरदानहरू हुन् कि तिनै पहिरनहरू हुन् भन्ने बारे सोच्न आवश्यक छ।

यसै सन्दर्भमा बारम्बार ‘मी टु’का कुरा आएका छन्। महिलाहरूले लगाउने फरक फेसन, अनुहारमा लगाउने क्रिम आदि तथा गहनाका फरक प्रकारले ‘लुक मि’ भनेको हो कि होइन ? ‘मी टु’को अर्को अर्थ– मलाई पनि हेर भनेर पनि पहिरन र हाउभाउले भनेका हुन् कि होइनन् ? यो पनि एउटा सोच्नुपर्ने अवस्था छ। अर्को सवाल पनि छ, महिलाहरू आगो हुन् भने पुरुष नौनी हुन् भनिन्छ। आगो अगेनामा नै हुनुपर्दछ र बाहिर पुगेमा जलाउँछ वा निभ्छ।

महिला बाहिर हिँड्न हुँदैन भन्न खोजिएको हैन बरु पगाल्ने र जलाउने सामग्रीको प्रयोगलाई उल्लेख गरिएको हो। त्यो आगो बाहिर गएर नौनीहरूमा पुग्ने हो भने नौनी पग्लँदैन ? आगो अर्थात् महिलापन। यद्यपि पुरुषार्थ भन्ने शब्द महिला र पुरुष दुवैसँग सम्बन्धित भएकोले महिलाहरू त्यस अर्थमा पुरुष पनि हुन्। धर्ममा महिलामा क्षमताको हिसाबले पुरुष र महिला दुवै हुन्छ पनि भनिएको छ, जस्तै– पुरुषार्थ आदि।

त्यसैले पुरुष शब्द लोग्ने मानिसको लागि मात्र प्रयोग हुने शब्द हैन, राष्ट्रपतिजस्तै। तर महिला भएको कुनै गुण भने पुरुषमा हुँदैन। त्यसैले भन्न सकिन्छ होला कि महिलाहरू आगो लिएर, देखाएर हिँड्ने र नौनी पगाल्न लगाउने र पग्लिएपछि ‘मी टु’ भन्ने ? ‘मी टु’को अर्थको गलत प्रयोगमा मलाई पनि महिला हिंसा भयो हैन बरु ‘मी टु’ अर्थात् मलाई पनि हेर भन्ने गरेको कारणले पनि महिला हिंसा भएको छ कि ?

महिलाले वा महिलासँग जवानीमा यौन आसयका कुराहरू प्रायः समाजमा धेरैले नै गरेको हुन सक्छ। यौन आसयका कुनै कुरै नहुने हो भने माया, प्रेम गरेर विवाह कसरी हुन्छ ? नचाहेको पुरुषसँग विवाह नगर्न पाउने महिलाको अधिकार हो भने चाहनाको लागि चाहेको पुरुषसँग महिलाको गफ हुनुपर्दछ र त्यसमा यौनसम्बन्धी कुरा प्रथम आवश्यक हुन्छ र निर्णायक पनि हुन्छ।

महिलाको अमुक पुरुषसँग प्रेम चाहना नभएको वा भएको वा त्यस्तै विषय केही समय कुरा अगाडि बढाउनको लागि त केही कुरा हुन्छ नै। के त्यो ‘मी टु’ हुन्छ ? दशौं जनासँग कुरा हुन्छ र करिब उस्तै प्रकारको कुरा हन्छ। जोसँग विवाह हुन्छ त्यो प्रेम र जोसँग विवाह हुँदैन वा कुराकानीको क्रममा पुरुषले महिलालाई मन पराउँदैन वा महिलाले पुरुषलाई मन पराउँदैन भने त्यो त महिलाले चाहेमा ‘मी टु’ हुने भयो। हरेक असफल प्रेम, हरेक सहमतिकै आधारमा भएका उत्तेजनात्मक कार्यहरू महिलाले चाहेमा ‘मी टु’ हुन सक्छन् ? त्यसैले ‘मी टु’ पनि राम्रोसंाँ नै परिभाषित हुनै पर्छ।

केही विषयहरू छन्। जस्तै– बालबालिकाहरूमाथि यौनशोषण हुने गरेको सुनिन्छ। त्यस्तालाई मृत्युदण्ड पुनस्र्थापित गरिनुपर्छ पनि भन्ने आधार छन्। जवान नै भए पनि चाहना विपरीत कुनै पनि जबर्जस्ती कार्य भएमा कडा सजाय हुनुपर्छ तर खुशीराजीले भएका सम्बन्धहरूलाई पनि निहुँ खोजेर गलत अर्थ लागाउने अवस्था सृजना भने हुनुहुँदैन।

कुनै भौतिक असहमतिका निर्विवाद चिह्न नभएर पनि आरोपकै आधारमा ‘मी टु’ वा रेपका आरोपहरू लग्ने भएमा त्यो जसले जसलाई पनि आरोप लगाउने हतियार हुन सक्छ। कि त यौन अपराधका सम्बन्धमा लाग्ने आरोपमा ‘ब्ल्याक मेलिङ’ र ‘बार्गेनिङ हुँदै हुँदैन भन्ने स्थापित हुनुपर्छ। अन्यथा महिलालाई यौन अधिकारको दुरूपयोग गर्न सक्ने गरेर नै अधिकार भने दिनुहुँदैन।

कुनै अपराध नै भएमा प्रस्ट प्रमाणका आधारमा सजाय हुनु आवश्यक हो तर अनुमानित आधारमा अपराधी बनाइनु त मात्र प्रेम असफल भएको बदला वा ‘बार्गेनिङ’ पनि हुन सक्छ। कुनै पदमा भएको मानिसले आफू भन्दा तल्लो पदमा वा प्रभावमा रहेकालाई गलत फाइदा लिएर यौन अपराध गर्ने सम्भावना हुन्छ। तर त्यही फाइदा लिनको लागि माथिका पदमा रहने पुरुषहरू महिलाले आगोको प्रयोग गर्ने, फाइदा लिने वा लिन प्रयास गर्ने र नौनी पग्लिएमा आगोमा नौनी किन पग्लन्थ्यो भन्ने कुरा गर्नु उचित होला ?

सामान्य देखिने तर स्तरीय कपडा पनि पाइन्छन्। शुरुमै च्यातिएको नयाँ कपडा लगाउनुपर्ने कुनै आवश्यकता छैन। यसले इज्जत पनि बढ्दैन। अब त केटी हेर्दा पनि साबुनले मुख धोएपछि वास्तविक अनुहार देखिने भएकोले साबुनले मुख धुवाएर देखिन लगाउनुपर्ने अवस्था आइसकेको छ। अहिले कतिपयको लागि गहना बाध्यता पनि बनेको छ।

पत्नीसँग कमै गहना लगाएर भोजमा जाँदा गहनाले ढाकिएका र चमकझमक कपडा लगाएका तथा मुखमा विभिन्न पाउडर आदि लगाएकाहरूको अगाडि केही कमी भएको जस्तो वा हेपिएको जस्तो महसुस भएको हुनुपर्छ। त्यसैले पनि धेरैले न्यूनतमरूपमा गहना, कपडा र मेकअपका औपचारिकता पूरा गर्नुपरेको छ। नचिनेका मानिसले गहना, कपडा र मेकअपमा ध्यान नदिएकाहरूलाई हेर्दा अर्थहीन र हैसियत नभएका माहिलाको जस्तो व्यवहार गर्ने पनि परम्परा देखिन थालेको छ।

तर जे होस्, गहनाको अत्यधिक प्रयोग मृत्युको कारण पनि बनेको छ। कपडा, गहना, मेकअपका साधनले महिला बढी आकर्षक देखिने हुँदा यसलाई गलतरूपमा बुझिन पनि सक्छ। त्यही कारणले बलात्कारका घटना बढेका पनि हुन सक्छन्।

तर महिलाको चाहनाअनुसार नै वा साथीको रूपमा रहेका पुरुषलाई पनि ‘ब्ल्याक मेलिङ’ गर्न महिलाले पुरुषलाई आकर्षित गरेर परिणाममा झुटारूपमा यौन अपराधका मुद्दा दिने अवस्था आएमा त्यसको उपचार पनि आवश्यक छ।

 

प्रतिक्रिया दिनुहोस्