कामना प्रांगणमा रक्तदान



काठमाडौं (नेस)।

कामना न्युज पब्लिकेसन प्रालिका संरक्षक तथा लायन्स क्लब नेपालका संस्थापक समाजसेवी स्व. भरतलाल श्रेष्ठको सम्झनामा शनिबार भीमसेनस्थानस्थित द रोलिङ स्टोन स्कुलको प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

रक्तदानका लागि ५९ व्यक्तिले इच्छा देखाउँदै सहभागी भएको कार्यक्रममा डाक्टरी परीक्षणपछि २९ व्यक्तिलाई मात्र रक्तदान गर्न योग्य ठानिएका कारण सो संख्याले मात्र सेवा प्रदान गरेका हुन्।

शनिबार बिहान ११ बजेदेखि शुरू भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म चलेको थियो। कामना न्युज एन्ड पब्लिकेसनका प्रिसिडेन्ट एन्ड सिइओले दिरेकलाल श्रेष्ठको संयोजनमा भएको रक्तदान कार्यक्रममा कामना परिवार, द रोलिङ स्टोन स्कुल परिवारका स्थानीय रक्तदाताहरूको उपस्थिति रहेको थियो।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ शुरू भएको रक्तदान कार्यक्रममा रेडक्रसका चिकित्सकले सहभागीहरूलाई बताएअनुसार संकलित रगत दुई घन्टाभित्र बिरामीले उपयोग गरिसक्ने अवस्था छ, रगतको अत्यन्त खाँचो रहेकाले बढीभन्दा बढी संख्याले यस पुण्य कार्यमा सहभागी हुनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्