प्रथम अकियास पालिका स्तरीय भलिबल वान डिरेक्सनलाई



सरस्वती न्यौपाने, रसुवा ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–६, धुन्चेमा सञ्चालित प्रथम अकियास कप पालिका स्तरिय भलिबलमा वान डि रेक्सन धुन्चेले प्रथम स्थान हात पारेको छ ।

शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्जवलित समाज (अकियास) को आयोजनामा प्रत्येक महिना एउटा प्रतियोगिता सञ्चालन गर्ने अभियान अन्तर्गत माघ २९ गतेदेखि फागुन ३ गतेसम्म भएको प्रतियोगितामा धुङलाङ ब्वाइज द्धितिय जुनतारा ग्रेले तृतिय स्थान हासिल गरेको छ ।

त्यस्तै प्रथमलाई १५ हजार नगद सहित प्रमाण पत्र र ट्रफि द्धितियलाई आठ हजार सहित मेडल र तृतियलाई पाँच हजार नगद सहित मेडल प्रदान गरिएको थियो ।

आजका युवा पुस्तालाई खेलको माध्यमबाट पनि अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले भलिबल प्रतियोगिता सञ्चालन गरिएको सो संस्थाका अध्यक्ष निवेश श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्